बझाङ जिल्लामा यस आर्थिक बर्षमा ३१ जनाले राहात स्वरुप रकम पाएका छन ।
द्दन्दरत पक्ष बाट बझाङ जिल्लामा मृत्यु भएका वेपता विस्तापित र टुहुरा वालवालिकाका घर परिवारले राहात स्वरुप रकम पाएका छन् ।
उक्त रकम जिल्ला प्रसासन कार्यालयमा वितरण गरेको गरिएको छ ।
गृह्र मन्त्रालय शान्ति तथा पुं.न निर्माण मन्त्रालय बाट यस आर्थिक बर्ष २०७४ ÷०७५मा ३१ जना घरपरिवारका आफ्न्तलाई ५२ लाख ३७ हजार आठसय रुपैया वितरण गरेको जिल्ला प्रशासन कार्यालय बझाङका समन्वय फाँटका कर्मचारी नन्द ब. धामिले बताए ।
उनले भने द्दन्दको समयमा बझाङ जिल्लामा धेरै जनाले ज्यान गुमाउनुका साथै विस्थापित र घाईते समेत भएका थिए । हाल उनका परिवारलाई बर्षेनि राहात स्वरुप रकम आउने गरेको बताए । त्यसै गरि यस बर्ष बझाङ जिल्लामा बाढि,पहिरोमा परी ज्यान गुमाएका घर परिवारलाई समेत रकम वितरण गरिएको छ । बझाङ जिल्लामा बाढि पहिरोमा परि ज्यान गुमाएका १० परिवारलाई १लाख का दरले १० लाख रुपैयाँ वितरण गरेको उनले बताए ।
Comments