Listen Live

Sun, Oct 21, 2018 11:22:55
प्रदेश ७ बाट संस्थागत शिक्षा पत्रकारिता पुरस्कार
Posted On: Jul 19, 2018

प्रदेश ७ बाट संस्थागत शिक्षा पत्रकारिता पुरस्कार

२०७४ रेडियो सेती सामुदायिक एफएमलाई प्रदान बझाङ । यस वर्षको ‘‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४  प्रदेश ७ बाट रेडियो सेती सामुदायिक एफएमलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघमा आज आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नगद २० हजार र प्रमाणपत्र सहितको पुरस्कार प्रदान गर्नुभएको हो । 
महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिताको माध्यमबाट शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सेती सामुदयिक एफ।एमलाई सो पुरस्कार प्रदान गरिएको बताउनुभयो । 
यस वर्षको ‘‘संस्थागत शिक्षा पत्रकारिता पुरस्कार–२०७४ सेती सामुदायिक एफ।एम।लाई प्रदान गरिएकोमा खुसी व्यक्त गर्दै स्टेशन म्यानेजर रमेश केसीले रेडियोलाई थप सामाजिक उत्तरदायित्व बढेको बताउनुभयो । उहाँले अब आगामी दिन थप यस्तै सामाजिक सुधारका कार्यक्रम ल्याउँदै समुदायसँग सहकार्य गर्ने बताउनुभयो ।

Comments
On Air
सुचना, विज्ञापन,गित
Time: 11:15
Up Next
सेती समाचार
Time: 12:00
Advertisement