Listen Live

Sun, Oct 21, 2018 11:22:40
बझाङकाे बाउली खोलाकाे काठेपुल भाचि‌दा २ बालिका बेपत्ता
Posted On: Jul 12, 2018

बझाङकाे बाउली खोलाकाे काठेपुल भाचि‌दा २ बालिका बेपत्ता

बाउली खोलाले बगाउँदा दुई बालिका बेपत्ता भएका छन् ।

बझाङकाे सुर्मा गाउपालिका २ की अन्दाजी वर्ष १५ की विमला कुमारी बोहरा र सोही गाउँ बस्ने अन्दाजी वर्ष ९ की रिनु कुमारी बोहरा घरबाट सदरमुकाम चैनपुर आउने क्रममा सुर्मा गाउँपालिका वडा नम्बर २ मा बाउली खोलाको पुल तर्ने क्रममा पुल भाँच्चिएर उनीहरु बेपत्ता भएका सुर्मा गाउँपालिका अध्यक्ष नर बहादुर बोहराले जानकारी दिए ।

बेपत्ता हुने बालिकाको खोजी कार्य जारी भइरहेकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

आधाबगर माध्यमिक विद्यालयबाट घर फर्कने क्रममा काठेपुल तर्न खोज्दा पुल भत्किएर खोलामा परि दुवै छात्रा वेपत्ता भएका हुन् ।

उनीहरु कापी कलम किन्नको लागि घरबाट शुक्रबार(अाज) बिहानै घरबाट सदरमुकाम हिडेका डिएसपी ऋषिराम कँडेलले बताए ।

Comments
On Air
सुचना, विज्ञापन,गित
Time: 11:15
Up Next
सेती समाचार
Time: 12:00
Advertisement