Listen Live

Wed, Jun 26, 2019 01:34:19
बझाङका बेरोजगार महिलाहरू अचार बनाउने तालिम
Posted On: Jul 04, 2018

बझाङका बेरोजगार महिलाहरू अचार बनाउने तालिम

युवा समितिले सदरमुकाम चैनपुर बजारमा अचारको माग भई रहेको तर स्थानिय स्तरमा अचार बनाउने उद्योग तथा पसल नभएकाले जिल्लामै अचार उद्योग बनाउने हेतुले तालीम आयोजना गरेको जिल्ला युवा समितिका कार्यालय प्रमुख सुरेनद्र कठायतले बताएका छन् ।

‘अचारको तालिम पछि यूवाहरुले व्यवसायिक हिसाबले काम गर्ने अपेक्षा लिएका छौँ।’ उनले भने, तालिममा अचार बनाउने सम्वन्धी सैद्धान्तीक र प्रयोगात्मक ज्ञान दिएको थियो ।’

‘स्थानीय तहमा पाइने कच्चा पर्दाथहरु अमला, आँप लप्सी, टमाटर, अदुवा, लसुन, कागती, कोइराला जस्ता बस्तुहरुको अचार बनाएर राम्रो आम्दानी हुने रहेछ ।’ तालिममा सहभागी शंकर रोकायाले भने, यो सिकेर बेरोजगारहरु लाई स्वरोजगार हुन हौसला मिलेको छ ।’

सात दिनसम्मको तालिममा स्थानीय उत्पादन चिजबस्तुहरुको अचार बनाएको थियो । ‘चैनपुर बजारमा धनगढीबाट आएको अचारले बजार पाएको छ । तालिमका प्रशिक्षक अनिल सार्कीले भने, हाम्रो यहाँ पनि अचारको एउटा पसल राखी उद्योग संचालन गर्ने हो भने आर्थिक आम्दानी निकै गर्न सकिन्छ ।’

Comments
Up Next
स्थानिय भाषा कला र सँस्कृतकिो जगेर्ना कार्यक्रम बाडुली
Time: 20:00
Advertisement