Listen Live

Wed, Jul 18, 2018 02:51:09
गांउपालिका स्तरिय परिक्षा हुने शुल्क तिर्ने नपर्ने
Posted On: Mar 29, 2018

‘विद्यालयहरुले आफै परिक्षा संचालन गर्ने, आफै उतरपुस्तिका जांच गर्ने, आफै नतिजा प्रकाशन गर्ने अहिलेको जुन प्रणाली छ । हाम्रो गाउंपालिकाले यसमा समस्या देखेको छ’ गांउपालिका अध्यक्ष प्रेम बोहराले भने ‘यसो हुदां शिक्षण सिकाई प्रक्रिया प्रभावकारी हुन सकेको छैन । गांउपालिकाको शिक्षाको अवस्था झन झन विग्रन थालेकोले हामीले यो निर्णय गरेका हौ’ उनले गाउंपालिका स्तरिय परिक्षा हुन थाले पछि विद्यालयबिच शैक्षिक सुधारका लागी प्रतिश्पर्धा हुने बताए । २७ वटा विद्यालयका करिब ४ हजार ९ सय विद्यार्थी सहभागी हुने परिक्षा संचालन र व्यवस्थापनका लागी गांउपालिकाले ५ लाख रकम समेत विनियोजन गरेको उनले बताए । 

गाउंपालिका स्तरिय परिक्षा संचालन गर्ने निणर्य गर्नुको अर्काे कारणबारे बताउदै वडा नं ६ का वडा अध्यक्ष हर्कबहादुर धामीले भने ‘विद्यालयले मनपरी परिक्षा शुल्क असुल्न थालेकै कारण कतिपय निम्न आर्थिक अवस्थाका विद्यार्थीहरुले विचैमा पढाई नै छोड्ने गरेको पाइयो । विद्यार्थी संख्या कम भएका विद्यालयहरुले त आधारभुत प्राथमिक कक्षाका विद्यार्थीहरुबाट समेत चर्काे परिक्षा शुल्क असुल्ने भएका कारण धेरै समस्या उत्पन्न भएको हाम्रो अध्ययनले देखायो । अब गाउंपालिका स्तरिय परिक्षा संचालन हुने भए पछि यस्ता समस्याहरु स्वत समाधान हुने छन’
विद्यार्थीले परिक्षा शुल्क तिर्न नपर्ने गाउंपालिकाको निर्णय अत्यन्तै प्रशंशनिय र गरिब तथा विपन्न जनताको हितमा भएको विद्यार्थी तथा अभिभावकहरुले प्रतिक्रिया दिएका छन । ‘गांउपालिकाको यो निर्णयले यहांको शिक्षा क्षेत्रमा निकै ठुलो परिर्वतन ल्याउने आसा छ’ वडा न २ का अध्यक्षले भने ‘गांउपालिकाको सबै विद्यालयको गुणस्तरको अनुगमन सबैले गर्न सक्ने खालको वातावरण तयार त हुने नै छ । परिक्षा शुल्क तिर्न नसकेर पढाई छोड्नु पर्ने बाध्यताबाट गरिब परिवारका विद्यार्थीहरुले मुक्ती पाउने छन’
गांउपालिकाले परिक्षाको लागी प्रश्नपत्र तयार गर्ने, परिक्षा संचालन गर्ने, उत्तरपुस्तिका जांच गर्ने लगायतका तयारी पुरा भैसकेको बताउदै गाउंपालिकाका शिक्षा संयोजक हरिभान कठायतले फागुन २५ गते देखी  परिक्षा संचालन भएको बताए ।  यसकामको लागी सबैबाट हौसला र सहयोग पाइरहेका छौ’ उनले चैत्र १५ गते परिक्षा फल प्रकाशित गर्ने र त्यस पछिको झण्ैड १५ दिन सम्म सबै विद्यालयहरुमा गाउंपालिकाले लिने शैक्षिक नितिको बारेमा अभिमुखिकरण गरिने  गाउँपालिकाकी उपप्रमुख कल्पना बोहरा ले बताउनुभयो । 
 । 

 

Comments
Up Next
स्थानिय भाषा कला र सँस्कृतकिो जगेर्ना कार्यक्रम बाडुली
Time: 20:00
Advertisement