Listen Live

Wed, Jul 18, 2018 03:01:15
​तीन डाक्टर एकैपल्ट बिदामा बस्दा बिरामी उपचार सेवा पाउनबाट बञ्चित ।।
Posted On: Mar 26, 2018

​तीन डाक्टर एकैपल्ट बिदामा बस्दा बिरामी उपचार सेवा पाउनबाट बञ्चित ।।

 जिल्ला अस्पताल बझाङमा डाक्टर नहुँदा विरामी मर्कामा परेका छन् । एकैपल्ट डाक्टर बिदामा  गएपछि बिरामीहरु मर्कामा परेका हुन् । जिल्ला अस्प्पताल बझाङमा ४ जना डाक्टरको दरबन्दी रहेकोेमा तीनजना डाक्टर एकपल्ट बिदामा गएको  जिल्ला अस्प्तालका कार्यालय प्रमुख डा अनुप रेग्मीले बताउँनुभयो ।  जिल्ला अस्पताल बझाङमा कार्यरत एमडीजीपी डा अरबिन्द जोशी फागुन १५ गतेदेखि  बिदामा बस्नुभएको छ ।  यसैगरी डा सुस्मीत शर्मा एक हप्तादेखि बिदामा हुनुहुन्छ भने डा शेर बहादुर साउँद शुक्रबारदेखि छुट्टीमा रहेको डा रेग्मीले जानकारी दिनुभयो । अस्पताल प्रमुख डा रेग्मीले  डा अरबिन्द घरबिदामा र डा सुस्मित लोकसेवाको तयारीका लागि बिदा लिएर गएको जानकारी दिनुभयो । अस्पतालमा डाक्टर नहुँदा एक सुत्केरी महिलाले आफ्नो बच्चा गुमाउनु परेको गुनासो गनुभएको छ । खप्तडछान्ना गाँउपालिका वडानम्बर ३ बस्ने १९ बर्षिया सुनिता जोशीले समयमा नै उपचार नपाउदा आफ्नो शिशुको जन्मनुअघि नै मृत्यु भएको बताउनुभयो । 

Comments
Up Next
स्थानिय भाषा कला र सँस्कृतकिो जगेर्ना कार्यक्रम बाडुली
Time: 20:00
Advertisement