Listen Live

Tue, Dec 18, 2018 11:10:28
चरेस सहीत एक जना प्रक्राउ पत्रकार सम्मेलन गरी जानकारी
Posted On: Jan 24, 2018

चरेस सहीत एक जना प्रक्राउ पत्रकार सम्मेलन गरी जानकारी

बझाङ जिल्लामा लागु औषध चरेश सहीत एक जना प्रहरीले प्रक्राउ गरेको छ । मंगलबार बेलुका दुर्गाथली गाँउपालीका ६ बस्ने ३० बर्षिया कलक जाग्री लाई २१ किलो ८०० ग्राम लागु औषध चरेश सहीत प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यलयका निमीत्त कार्यलय प्रमुख ईन्स्पेटक्टर माधव विश्वकर्माले पत्रकार सम्मेलन गरी जानकारी दिनु भयो । चरेश  विक्री गर्नका लागी जाग्रीले बोकी ल्याउदै गर्दा प्रहरीले गोप्य सुचनाको आधारमा केदार स्युँ गाउपालीका १ बगाड बाट जाग्रीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 


प्रहरी कार्यलयको तथ्याङ्क अनुसार २०७४ भदौ २५ गते देखी अहीले सम्म बझाङमा ८० किलो ४०० ग्राम चरेश बरामत गरीएको छ  । २०७४ साल भदौ २५ गते छविस पाथिभेरा गाँउपालीका १ भाँडेबजार बाट ४५ किलो चरेश सहीत २ जना प्रक्राउ गरेको थियो यस्तै असोज ७ गते बुंगल नगपालीका ३ विजडामा एकलो ५०० ग्राम चरेश सहीत एक जना प्रक्राउ, असोज ३० गते चिरविथ्थड गाँउपालीका ३ स्याँडी बाट ५०० ग्राम चरेस सहीत २ जना प्रक्राउ , मंसिर १२ गते दुर्गाथली गाँएपालीका २ मौरीबगर बाट ४  किलो चरेश सहीत २ जना प्रक्राउ परेको निमीत्त कार्यलय प्रमुख माधव विश्वकर्माले जानकारी दिनु भयो । यस्तै यसै बर्ष भित्र पुस १८ गते जयपृथ्वी नगरपालीका ११ भोपुर बाट ७ किलो १०० ग्राम चरेश सहीत एक जना प्रक्राउ परेका थिए ।  
बढी जस्तो पक्राउ पर्नेमा भारीया रहेको प्रहरीको भनाई छ  । भरीयाहरु संग सोधपुछ गर्दा सही सुचना नदीई भरीयाहरु गलत सुचना दिने गरेको विश्वकर्माको भनाई छ । प्रक्राउ परेकाहरुले आफुहरु त फसे पनि अरु नफसुन भन्ने मनसायका कारण बास्तविक दोसी उम्कने गरेका र निर्दोसी तथा भरीयाहरु  फस्ने गरेको पाईएको छ । 


यता जिल्ला प्रहरी कार्यलयका मुद्धा फाँटका सही राम सिहँ बोहराका अनुसार सर्बै भन्दा बढी चरेशको उत्पादन बुंगल नगरपालीका, सुर्मा गाँउपालीका, छविसपाथीभेरा गाँउपालीका लगायतका ठाँउमा हुने गरेको छ । उहाँका अनुसार जिल्ला प्रहरी कार्यलयले आर्थीक बर्ष ७१।७२ मा २० ग्राम लागु औषध चरेश सहीत १ जना, आ.ब.७२।७३ मा ८० किलो ७२० ग्राम सहीत २४ जना, ७३।७४ मा ३५ ग्राम सहीत १ जना र आर्थिक बर्ष ७४।७५ को हाल सम्म ८० किलो ४०० ग्राम सहीत ९ जना प्रक्राउ परेको बोहराले बताउनु भयो । 

Comments
Advertisement