Listen Live

Sat, Feb 24, 2018 01:44:43
बझाङ जिल्लामा पहिलो पटक जिल्लामा सुविधा सम्पन्न होटल संचालन
Posted On: Jan 23, 2018

बझाङ जिल्लामा पहिलो पटक जिल्लामा सुविधा सम्पन्न होटल संचालन

गणेश बि क रेडियो 
सेति संवाददाता,बझाङ ।
आधुनिक सुविधायुक्त होटलको व्यवस्था नभएको बझाङ जिल्लामा स्थानिय एक जना व्यापारीले करडौ खर्च गरेर पहिलो पटक जिल्लामा सुविधा सम्पन्न होटल संचालन गरेका छन् ।

जिल्लामा यस्तो होटल संचालन भएपछि यस होटलले बझाङ जिल्लाको सभ्यता मौलीकता सहित बस्न खानको राम्रो सेवा सुविधा भएर आन्तरिक तथा बाह्रे पर्यटकलाई आर्कषण गर्न आशा गरिएको छ ।

सदरमुकाम चैनपुरमा हार्डवयरको पसल संचालन गरि रहेका जयपृथ्वी नगरपालीका देवल घर भएका नगेन्द्र खड्काले होलिडे ईन नामक होटल खोलेर श्रीपन्चमीको दिन अवसर पारी औपचारीक रुपमा सोमवार होटलको उद्घाटन गरे ।

जयपृथ्वी नगरपालीका प्रमुख विरेन्द्र खड्काले उद्घाटन गरेको कार्यक्रममा  प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशी सहित कार्यालय प्रमुख संघ संस्थाका प्रतिनिधि सहित जनप्रतिनिधिहरुको बाक्लो सहभागी रहेको थियो । भुई तला सहित ६  तलाको चैनपुर बजारको सवै भन्दा अग्लो घर भएकाले होटल उद्घाटनका दिन होटल हेर्न भनेर बजार क्षेत्रका सर्वसाधारण मानिस पनि गएका थिए ।

२० वर्ष अगाडी पाँच वर्ष जर्मन बसेका नगेन्द्र खड्काले काठमाण्डौमा रहेको घर विक्री गरेको पैसा र व्यपारको पैसाले घरमा लगानी गरेको वताए । निजि क्षेत्र वाट यसरी पहिलो पटक होटल प्रयोजनका लागी भनेर ठुलो घर लगाई गाडी पार्कीड् सहित  एसी ननएसी कोठा , रेष्टुरेष्ट वार , तालीम हल सहित चौविसै घण्टा तातो चिसो पानीको व्यवस्था भएपछि होटल उद्घाटनमा आएका अथितीहरुले होटल नगेन्द्र खड्काको भएपनि बझाङगी हरुको सम्पती भएको गर्भ गरे । मैले विदेश पनि बसे काठमाण्डौ घर बनाएर पनि बसे तर आफ्नो जिल्लामा केहि गरौ ताकी अरु लाई पनि आफ्नो जिल्लामा लगानी गर्ने प्रेणा मिलोस् भनेर यो होटल खोलेको हुँ संचालक नगेन्द्र खड्काले भने होटलमा झण्डै चार करोड जती खर्च भएको  छ जिल्ला सानो छ तर सवैको सेवाका लागी अनुरोध गर्छु  ।

१९ वटा कोठा रहेको उक्त होटलमा ९ कोटामा एसी जडान छ । विदेशमा काम गरेका अनुभवी कुकहरु सहित कर्मचारीहरु पनि बाहिर जिल्ला वाट ल्याएका हुदाँ होटल राम्रो चल्ने देखीन्छ ।  

बझाङको उत्तरीनाका चैनपुर ताक्लाकोटको सडक अव एक दुई वर्षमै काँडा धुली पुग्ने भएकाले साईपाल हिमाल र मानासोरवर जाने पर्यटक यो वाटो भएर आउन सक्ने हुदाँ त्यस वेला यो होटल पर्यटकहरुका लागी उपयुक्त भएको प्रमुख जिल्ला अधिकारी धर्मानन्द जोशीले भने ।

आवस प्रयोजनका लागी बनाएका घरमा होटल संचालन भएका जिल्लामा चार पाँच वटा अन्य होटल भएपनि तर होटल प्रयोजनका लागी घर र्निमाण भएर कर्मचारी नियुक्ति गरि संस्थागत रुपमा होटल संचालन भएको भने होलिडेईन् होटल मात्र हो । यस होटलले आन्तरिक तथा वाह्य पर्यटकको सेवामा बढी जोड दिने र स्थानिय अर्गानिक उत्पादनको परिकार बनाईने भएको छ ।

                                                          

 

Comments
Up Next
शुभारम्भ ,भजन किर्तन
Time: 05:00
Advertisement