Listen Live

Wed, Jul 18, 2018 03:12:56
आज श्रीपञ्चमी बझाङमा पनि मनाईदै
Posted On: Jan 22, 2018

आज श्रीपञ्चमी बझाङमा पनि मनाईदै

समि खत्री / गणेश ,बझाङ । बसन्त पञ्चमीमा सरस्वतिको पुजा गरे वृद्दि बढ्ने विश्वास गरिन्छ । बालबालिकालाई आजै अक्षराम्भ गराउने चलन छ । चन्द्रमा जस्तो गोरो वर्णकी हातमा वीणा र पुस्तक लिएकी देवी सरस्वतिलाई भारती ,सारदा,हसंवाहिनि,जगन्यमाता,वाग्यश्वरि,कौमारी ,वरदानिय,बृद्दिधात्री,ब्रामाचारिणी, चन्द्रघन्टा र भुवनेश्वरी जस्ता नामले पनि पुकारिन्छ ।

विधा र र्सिजनाकी देवी भएकाले साहिहत्यकार, कलकार, पत्रकार र विद्यार्थि र वाधयन्त्रलाई सरस्वतिको रुपमा पुजा गर्छन भन्ने तान्त्रिकहरु तन्त्र सिद्दिका लागि तारा देवीको रुपमा आरधा गर्छन ।

आजको दिन विवाह ,व्रतवन्ध,गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साईत हेर्नु पर्दैन । भन्ने विश्वास छ । यस दिन वालवालिकालाई शिक्षा आरम्भ गर्नुका साथै नाक, कान छेडिदिने गरिन्छ ।

बझाङका सुर्मा देवी ,तपोवन र अन्य विद्यालयमा रहेका सरस्वतिका मन्दिरमा गई आज बिहानै देखि पुजाआजा गर्न भक्तजन , खास गरी विद्यार्थिहरुको घुईचो लाग्ने गर्छ । सरस्वतिलाई चढाईएका सात गेडा अक्षता दातले नछोई निलेमा विधा बिद्दि स्फुरण भई विधा  देवी बाट  चेतनाको ज्योति  पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

 

Comments
Up Next
स्थानिय भाषा कला र सँस्कृतकिो जगेर्ना कार्यक्रम बाडुली
Time: 20:00
Advertisement