Listen Live

Sun, Jan 21, 2018 10:14:11
निधारखाली राखेर आंशिक प्राध्यापक आन्दोलनमा
Posted On: Oct 02, 2017

निधारखाली राखेर आंशिक प्राध्यापक आन्दोलनमा

काठमाडौँ । बडादशैँको टीकासमेत नलगाई आंशिक प्राध्यापक संघआबद्ध प्राध्यापकहरुले आफूहरुलाई करारमा नियुक्ति दिनुपर्ने मागसहित अनशन र धर्ना जारी राखेका छन् । 

आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिनुपर्ने माग गर्दै संघका तर्फबाट चितवनका शिक्षक डा महेश गजुरेल छ दिनदेखि कीर्तिपुरस्थित त्रिवि मूल ढोका अगाडि आमरण अनशनमा छन्, भने संघका केन्द्रीय समितिका पदाधिकारी र शुभेच्छुकले धर्ना दिइरहेका छन् । 

संघका सहअध्यक्ष ठमिन्द्र खतिवडाका अनुसार आफूहरु दशैँमा घर नगएको र टीका बहिष्कार गर्न बाध्य भएको बताए । त्रिविमातहत आंगिक क्याम्पसमा आंशिक प्राध्यापकको एक हजार ४ सय २० दरबन्दी आवश्यक भएको विश्व विद्यालयको एक कार्यदलको प्रतिवेदनमा उल्लेख छ । 

उनले सरकार र त्रिवि नेतृत्वसँग माग पूरा गराउने विषयमा अनौपचारिक कुराकानी भएको जानकारी दिए । डा गजुरेलेको पिसाबमा खराबी र उच्च रक्तचाप, मुटु र श्वासप्रश्वासमा समस्या देखिएको बताइएको छ । यसअघि गरिएको ६४ दिनको रिले अनशनबाट माग सुनुवाइ नभएको भन्दै डा गजुरेल आमरण अनशनमा बसेका हुन् ।  

Comments
On Air
सेती हाईलाईट
Time: 10:00
Up Next
लोक सुसेली (lok suseli)
Time: 10:15
Advertisement