Listen Live

Fri, Sep 22, 2017 04:50:12
चुनावकै मुखमा राप्रपा बझाङका सभापती सहित दर्जनौ कार्यकर्ता एमालेमा प्रबेश
Posted On: May 16, 2017

चुनावकै मुखमा राप्रपा बझाङका सभापती सहित दर्जनौ कार्यकर्ता एमालेमा प्रबेश

मकरराज धामी जेठ २ बझाङ / स्थानिय तहको निर्वाचन नजिकिदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी बझाङ का जिल्ला सभापती विश्वप्रकास जेठारा नेकपा एमालेमा प्रवेश गरेका छन । एमाले जतिको राष्ट्रवादी र विकासप्रेमी पार्टी राप्रपा नभएको भन्दै उनले देशको समृद्धीको नेतृत्व एमालेले मात्र गर्न सक्ने दावी समेत गरेका छन ।  राप्रपाको जिल्ला कमिटीले गरेको निर्णयको प्रतिलिपी एमाले अध्यक्ष दिलबहादुर सिंहलाई बुझाउदै उनले सिङ्गो जिल्ला कमिटी लगायत सयौको मात्रामा क्रियासिल कार्यकर्ता र समर्थकहरुले नेकपाएमालेमा प्रबेश गर्ने निर्णय गरेको बताए । 
जेठारालाई नेकपा एमालेका केन्द्रिय सदस्य भैरवबहादुर सिंह, पुर्व वन मन्त्री भानुभक्त जोशी लगायत नेताहरुले अबिर टिका लगाएर पार्टी प्रवेश गराएका थिए । जेठारा बझाङ जिल्लाका पुर्व जिविस उपसभापती पनि हुन । उनि जिल्लामा तुलनात्मकरुपमा निष्ठावान र स्वच्छ छवीका नेतामा गनिन्छन । 
बझाङ जिल्लामा गत माघमा भएको राप्रपाको अधिवेशन पछि २ वटा कार्यसमितिहरु अस्तित्वमा छन । अधिवेशनमा विवाद भए पछि जेठाराले आफ्नो नेतृत्वमा र धिरज विक्रम सिंहले आफ्नो नेतृत्वमा छुट्टा छुट्ै कार्यसमिति गठन गरेर केन्द्रमा पेश गरेका थिए । राप्रपाको केन्द्रिय समितिले कुन समिति आधिकारीक हो भन्ने बारे हाल सम्म पनि निर्णय गरेको छैन । 
जानकारहरुका अनुसार राप्रपाको केन्द्रिय समितिले सिंह नेतृत्वको समितिलाई बैधानिकता दिने तयारी गरेको बुझे पछि जेठारा आफ्ना समर्थकहरु सहित एमालेमा प्रवेश गरेका हुन । एमालेले उनलाई जिल्ला समन्वय समितिमा कुनै पद दिने आश्वाशन दिएको बुझिएको छ । 
फोटो क्याप्सन ः नवप्रवेशी जेठारालाई स्वागत गर्दै एमालेका नेताहरु । 

Comments
Up Next
विहानी सेवा शुभारम्भ,भजन ,किर्तन
Time: 05:00
Advertisement