Listen Live

Sun, Jan 21, 2018 10:11:27
प्रहरीको गोलीबाट कांग्रेस कार्यकर्ताको मृत्यु
Posted On: May 15, 2017

प्रहरीको गोलीबाट कांग्रेस कार्यकर्ताको मृत्यु

जेठ १, दोलखा - दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर ६ पवटी मतदान केन्द्रमा झडप हुँदा प्रहरीको गोली लागि नेपाली कांग्रेसका एक जना कार्यकर्ताको मृत्यु भएको छ ।

शान्तिपूर्ण रुपमा मतदान भइरहेको ठाउँमा कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप हुँदा भागदौड मच्चिएको र प्रहरीले गोली चलाउँदा नेपाली कांग्रेसका कार्यकर्ता स्थानीय करिब ३५ बर्षका नकुल भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आजको नेपाल समाचारपत्रमा यो खबर छ । कतपेटिका कब्जा हुने अवस्था आएपछि प्रहरीले गोली चलाउनुपरेको प्रमुख जिल्ला अधिकारीले बताए । घटनामा अन्य १३ जना घाइते भएका छन् ।

Comments
On Air
सेती हाईलाईट
Time: 10:00
Up Next
लोक सुसेली (lok suseli)
Time: 10:15
Advertisement