Listen Live

Tue, Sep 19, 2017 10:49:39
बेनी नगरपालिकामा एमाले–राप्रपा गठबन्धनको अग्रता
Posted On: May 15, 2017

बेनी नगरपालिकामा एमाले–राप्रपा गठबन्धनको अग्रता

जेठ १,बेनी(म्याग्दी)। बेनी नगरपालिकाको मतगणना सुरु भएको छ । बेनपा-१ स्थित भानु मावि र रामचन्द्र मावि केन्द्रको मतगणना सुरु भएको हो । 

अहिले बेनपा-१ रत्नेचौरको ४०० मतगणना भएको र एमाले-राप्रपा गठबन्धनका उम्मेदवारले २०५ र काँग्रेस-माओवादी केन्द्रले १५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

बेनपा-१ रत्नेचौरका दुवै केन्द्रको एकैठाउँमा राखेर गणना सुरु गरिएको छ । वडाको सम्पूर्ण गणना सम्पन्न भएपछि नतिजा सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले जानकारी दिनुभयो । “मतगणना पूर्व भएका सहमति र आयोगको निर्देशिका अनुसार गणना सुरू गरिएको छ” शर्माले भन्नुभयो । 

मतगणनाको सुरुवातमा राजनीतिक दलका प्रतिनिधिको सहमतिमा आचारसंहिता समेत बनाइएको छ । बेनपा–१ को मतगणना सम्पन्न भएपछि क्रमशः अरु वडाको सुरु गरिने छ । 

बेनी नगरपालिकामा १८ हजार ३४५ मत रहेकोमा १३ हजार १२८ मत खसेको छ । यसैबीच पाँचवटै गाउँपालिकाको मतगणना आजदेखि सुरु हुने भएको छ । अन्य गाउँपालिकाका केन्द्रमा पनि अहिले बिहान १० बजेदेखि मतगणना सुरु हुने जनाइएको छ ।

Comments
On Air
वेलुकी प्रसारण समापन
Time: 22:45
Advertisement