Listen Live

Sun, May 19, 2019 08:24:27
उत्तर कोरियाद्धारा फेरि ब्यालेस्टिक मिसाइल परीक्षण
Posted On: May 14, 2017

उत्तर कोरियाद्धारा फेरि ब्यालेस्टिक मिसाइल परीक्षण

बैशाख ३१ -उत्तर कोरियाले फेरि ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाले राजधानी प्योङयाङको उत्तर–पश्चिमी क्षेत्र कुसोङबाट ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले बताएको छ । मिसाइल सात सय किलोमिटर परसम्म पुगेको थियो । संयुक्त राष्ट्र संघको प्रतिबन्धका बाबजुद उत्तर कोरियाले पाँच पटक परमाणु परीक्षण गरिसकेको छ । लामो दूरीमा मार हान्न सक्ने मिसाइलको तयारी गरिरहेको पनि उत्तर कोरियाले जनाएको छ ।   उत्तर कोरियाले गएको महिना दुईवटा मिसाइल परिक्षण गरेकोमा दुवै असफल भएको थियो । 

Comments
On Air
स्थानिय भाषा कला र सँस्कृतकिो जगेर्ना कार्यक्रम "बाडुली"
Time: 20:00
Up Next
बि बि सी नेपाली सेवाको वेलुकी प्रसारण
Time: 20:45
Advertisement