Listen Live

Fri, Sep 22, 2017 04:59:03
एमालेमा मेयर र उपमेयरका आकांक्षीहरु बढेपछि नाम सिफारिसका लागि मतदान
Posted On: Apr 19, 2017

मकरराज धामी बैशाख ६ बझाङ 
स्थानीय तहको निर्वाचनको मिति घोषणाँंगै विभिन्न पार्टीमा गाउँपालिका र नगरपालिकाको प्रमुख तथा उपप्रमुखका लागि आकाक्षीहरुको संख्या बढ्दै गएको छ । नेकपा एमालेमा जयपृथ्वी नगरपालिकाको मेयर र उपमेयरका आंकाक्षीहरु बढेपछि नाम सिफारिसका लागि सहमति हुन नसक्दा मतदान नै गर्नुभएको छ । मेयरका लागि ६ जना र उपमेयरका लागि ४ जनाले आकांक्षा राखेपछि सहमति हुन सकेको थियन । सहमति नहुँदा नाम सिफारिसका लागी मतदान प्रक्रिया अपनाईएको थियो । आकाक्षीहरु बढे संगै सहमति हुन नसकेपछि नाम सिफारिसका लागि मतदान भएको हो । मेयरमा कलक धामी, सुरत बहादुर सिंह, विरेन्द्र खड्का, जन्मजय जोशी, सोनु सिंह र खडकबहादुर खड्काले आकांक्षा राखेका थिय भने उपमेयरमा विना केसी, जुना जाग्री, आसा विक र पार्वती जोशीले आकांक्षा राखेका थिय । नाम सिफारिसमा कुरा नमिल्दा हिजो मतदान भएको हो । नगर कमिटिका सदस्यहरुले मात्र मतदान गर्न पाउने गरि भएको मतदानमा १ जनाले दुई जना उम्मेदवारलाई मतदान गर्ने व्यवस्था मिलाईएको थियो । दुबै पदका लागी बढि मत ल्याउनेको नाम सिफारिस गरिने भएको छ । सोही अनुसार मेयरमा कलक धामी र विरेन्द्र खडका तथा उपमेयरमा विना केसी र जुना जाग्रीको नाम सिफारिस गरिने भएको छ । मेयरका आकाक्षी कलक धामी १३, विरेन्द्र खडकाले १६ तथा उपमेयरका आकाक्षी विना केसी र जुना जाग्रीले बराबर १६ मत प्राप्त गर्नु भएको थियो । सहमतिका लागी हरदम प्रयास गर्दा पनि सफल नहुने भए पछि मतदानको प्रक्रिया अपनाईएको नेकपा एमाले जयपृथ्वीनगर कमिटिका अध्यक्ष केशब रोकायाले जानकारी दिनु भयो ।  

Comments
Up Next
विहानी सेवा शुभारम्भ,भजन ,किर्तन
Time: 05:00
Advertisement