Listen Live

Thu, Sep 21, 2017 03:41:02
भारतका झन्डै २०० प्रहरी अस्पताल भर्ना
Posted On: Apr 02, 2017

भारतका झन्डै २०० प्रहरी अस्पताल भर्ना

चैत  २० ,नयाँ दिल्ली - भारतका झन्डै दुइसय अर्थसैनिक प्रहरी विषाक्त खानाका कारण अस्पताल भर्ना भएका छन् । 

भारतको दक्षिणी क्षेत्रमा पर्ने केरला राज्यमा भएको एक तालिममा खाना खाएपछि प्रहरीहरु विरामी भइ अस्पताल भर्ना गरिएको हो । 

सेन्ट्रल रिजर्भ पोलिस फोर्स (सिआरपीएफ)मा आवद्ध ती प्रहरी प्रशिक्षार्थीहरु र तालिममा रहेका अन्य सुरक्षाकर्मीले खानाको रुपमा भात र माछा खाएका थिए । 

अर्नाकुलम जिल्लामा शनिबार बेलुका साँझको खाना खाएपछि उनीहरु विरामी भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । रासस/एएफपी 

Comments
Up Next
शुभारम्भ र भजन किर्तन
Time: 05:00
Advertisement