Listen Live

Thu, Sep 21, 2017 03:42:35
चर्च बस र ट्रक बुधबार एक आपसमा ठोक्कीदा कम्तीमा १२ जनाको मृत्यु
Posted On: Mar 30, 2017

अमेरिकाको टेक्सास प्रदेशमा एउटा चर्च बस र ट्रक बुधबार एक आपसमा ठोक्कीदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् । स्थानीय समयअनुसार मध्यरातको १२।२० बजे टेक्सासको मध्यभागमा पर्ने सान एण्टोनियोदेखि १२० किलोमिटर पश्चिम तर्फ दुघटना भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । न्यु ब्रुन्फेल्सको फस्र्ट बप्टीस्ट चर्चबाट १४ जना यात्रु बोकेको चर्च बस चालक मात्रै रहेको पिकअप ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो । टेक्सासको सार्वजनिक सुरक्षा विभागका प्रवक्ताले घटनामा परी गंभिर घाइते भएकाहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । मृतकमध्ये ट्रकका चालकको पनि मृत्यु भएको हो की होइन भन्ने स्पष्ट भइसकेको छैन । दुःखद् घटनाको बारेमा सार्वजनिक सुरक्षा विभागले अध्ययन अनुसन्धान सुरु गरिसकेको जनाएको छ । 

Comments
Up Next
शुभारम्भ र भजन किर्तन
Time: 05:00
Advertisement