Listen Live

Thu, Sep 21, 2017 03:40:37
महिलाको उम्मेदवारी ५० प्रतिशत पुहुनुपर्ने प्रमुख आयुक्तको सुझाब
Posted On: Mar 29, 2017

 

प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले स्थानीय तहको निर्वाचनमा महिलाको उम्मेदवारी ५० प्रतिशत हुनुपर्ने सुझाव दिनुभएको छ ।  निर्वाचन कार्यालयको आयोजनामा आजदेखि धुलिखेलमा सुरु भएको लोकतन्त्र, सुशासन, निर्वाचन, लैङ्गिक तथा समावेशीसम्बन्धी विषयमा निर्वाचन सरोकार भएकाहरुसँग भएको अभिमुखीकरणमा उहाँले विगतका निर्वाचनमा ३३ प्रतिशत महिलाको प्रावधान कार्यान्वयन नभएको बताउँदै अब महिलाबाहेक, दलित, जनजाति सबै वर्गको सुनिश्चितता आवश्यक रहेकोमा जोड दिनुभयो ।  डा. यादवले राजनीतिक दलले जसरी पनि चुनाव जित्ने प्रवृत्तिलाई निरुत्साहन गर्नुपर्ने सुझाव पनि दिनुभयो । आयोगका सहसचिव दीपक सुवेदीले निर्वाचनका सबै प्रक्रिया र चरणमा महिलाको समान पहुँच आवश्यक भएको बताउनुभयो । 

Comments
Up Next
शुभारम्भ र भजन किर्तन
Time: 05:00
Advertisement