Listen Live

Fri, Sep 22, 2017 05:00:21
सेती लोकमार्गले आकासिदै सदरमुकाम चैनपुरमा जग्गाको मुल्य ।
Posted On: Mar 29, 2017

सेती लोकमार्गले आकासिदै सदरमुकाम चैनपुरमा जग्गाको मुल्य  ।

बझाङ जिल्ला सदरमुकाम लगायत राजमार्ग आसपासको क्षेत्रमा जग्गाको मुल्य दिनानु दिन आकासिदै गएको छ । सेती राजमार्ग अनर्तगत उत्तरखण्ड को चैनपुर ताक्लाकोट सडक योजना  निमार्ण कार्य सुरु भए संगै जिल्ला सदरमुकाम वरपर जग्गाको मुल्य आकासिएको हो । केहि महिना अघि जिल्लामा सेती राजमार्ग उत्तरखण्डको छुट्टै कार्यालय स्थापना भए पछि यस क्षेत्रमा घडेरी किनवेच गर्नेक्रम बढि रहेको छ । सदमुकाम नजिक रहेको बझाङ एयरपोर्ट देखि उत्तरमा रहेको भोपुर बजार सम्म रहेको मुख्य राजमार्ग वरपर र बजार क्षेत्रमा सरकारी दर रेट भन्दा चार गुना बढि सम्म जग्गाको कारोवार भई रहेको छ । चैनपुर बजार भित्र ८,८४६ प्रति वर्गमिटर र बाहिर रिङरोड क्षेत्रमा ६,८८० प्रति वर्ग मिटर सरकारी दर रेट भए पनि यहाँ १८ हजार देखि ३५ हजार प्रति वर्ग मिटरमा कारोवार भई रहेको छ । सरकारी दर रेट कायम गरिएको भए पनि  सरकारी दर रेट भन्दा तीन गुणा बढिमा व्यक्तिगत कारोवार भई रहेको जिल्ला मालपोत कार्यालय बझाङका कार्यालय प्रमुख कृष्ण बहादुर बोहराको भनाई रहेको छ । 
सेती लोकमार्गको बन्ने निश्चित भए पछि विभिन्न व्यापारिक प्रयोजनका लागी घर जग्गा खरिद विक्रि गर्नेको संख्या बढदै गएको हो । छिमेकि राष्ट्र चिनको व्यापारीक क्षेत्र ताक्लाकोट संग सडक संजाल पुग्ने भए पछि बझाङ जिल्ला मुख्य व्यापारिक प्रवेश द्धार को रुपमा रहने भएकाले जग्गाको कारोवार एक्कासी बढेको स्थानिय दिनेश धामी बताउनु हुन्छ । 
अहिले जिल्ला भित्रका मात्र होईन जिल्ला बाहिर बाट पनि जग्गा खरिद गर्नेको संख्या बढदै गएको छ । जिल्लामा ठुला ठुला भौतिक संरचना निमार्ण हुने क्रम पनि बढदै गएको छ । सेती लोकमार्गको उत्तर खण्डको कार्यालय स्थापना भए पछि जग्गाको मुल्य मात्र नभई घरभाडा पनि महंगो हुँदै गएकोे स्थानिय दिपकराज जोशी को भनाई छ ।
२०७१ सालमा नगरपालिका घोषणा भए पछि जिल्ला सदमुकाम चैनपुरमा जग्गा खरिद संगै अव्यवस्थित रुपमा भौतिक संरचना निमार्ण हुने क्रम पनि बढि रहेको छ । बढदो शहरीकरण तर्फ उन्मुख भई रहेको सदरमुकाम चैनपुर भुकम्पीय तथा विपत जोखिमका हिसाबले पनि असुरक्षित रहेको छ । चारै तिर नदिले घेरिएको र बर्षातमा बाढिले कटान गर्ने उच्च जोखिम रहेको भए पनि सेती राजमार्गको उत्तरखण्ड लाई लक्षित गर्दै भौतिक संरचना निमार्ण हुने र जग्गा को कारोवार गर्ने क्रम रोकिएको छैन । 

Comments
On Air
विहानी सेवा शुभारम्भ,भजन ,किर्तन
Time: 05:00
Up Next
विहानी सेवा शुभारम्भ,भजन ,किर्तन
Time: 05:00
Advertisement