Listen Live

Fri, Sep 22, 2017 05:00:07
आर्थिक वर्ष सकिन साढे ३ महिना बाँकि रहँदा ३० प्रतिशत योजना मात्रै सम्पन्न
Posted On: Mar 29, 2017

आर्थिक वर्ष सकिन साढे ३ महिना बाँकि रहँदा ३० प्रतिशत योजना मात्रै सम्पन्न

 

चैत १६ ,काठमाण्डौ  - आर्थिक वर्ष सकिन साढे ३ महिना बाँकी रहदा जिल्ला समन्वय समिति मार्फत सञ्चालित ३० प्रतिशत योजना मात्रै सम्पन्न भएका छन् । चालु आर्थिक वर्ष २०७३÷७४ का लागि २५ औ जिल्ला परिषदबाट स्वृकत भएका ३ सय ७७ योजना मध्ये हालसम्ममा ३० प्रतिशत मात्रै सम्पन्न भएको जिल्ला समन्वय समितिले जनाएको छ । ती योजनामध्ये १० प्रतिशत  योजनाको सम्झौता हुन बाँकी रहेको जिल्ला समन्वय समितिको योजना शाखाका उर्जा सहायक विपिन हमालले बताउनुभयो । स्थानीय तहको नया पुनः सरचना अनुसार साविकको जिल्ला विकाश समितिलाई जिल्ला समन्वय समितिमा परिणत गरिएपछि विकाश निर्माणका काममा थप समस्या भएको छ । हालै गठन गरिएको जिल्ला समन्वय समितिको नामबाट खाता सञ्चालनमा नरहेका कारण योजनाहरुको भुक्तानी दिन नसकिएको योजना शाखाका उर्जा सहायक हमालले बताउनुभयो ।

Comments
On Air
विहानी सेवा शुभारम्भ,भजन ,किर्तन
Time: 05:00
Up Next
विहानी सेवा शुभारम्भ,भजन ,किर्तन
Time: 05:00
Advertisement