Listen Live

Sat, Aug 18, 2018 04:52:24
स्वास्थ्य राज्यमन्त्री गुरुङले वीर अस्पतालमा गराए स्वास्थ्य परीक्षण
Posted On: Mar 27, 2017

स्वास्थ्य राज्यमन्त्री गुरुङले वीर अस्पतालमा गराए स्वास्थ्य परीक्षण

चैत १४ ,काठमाडौं- स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ नियमित स्वास्थ्य परीक्षणका लागि वीर अस्पतालमा गएका छन्। राज्यमन्त्री गुरुङले वीर अस्पतालमा आफूसँगै सुरक्षा सहयोगीको पनि स्वास्थ्य परीक्षण गराएको अस्पतालले जनाएको छ।

बिहान ९ बजे अस्पताल पुगेका राज्यमन्त्री गुरुङले मधुमेह, मुटु, मिर्गौला, कलेजो लगायतका परीक्षण गरेका थिए। गुरुङको अस्पतालका निर्देशक डा. भुपेन्द्रकुमार बस्नेत, डा. सरोज शर्मा लगायतको टिमले स्वास्थ्य परीक्षण गरेका हुन्। स्वास्थ्य परीक्षणपछि मन्त्री गुरुङले अस्पतालका विभागीय प्रमुखहरुसँग अस्पताल सुधारका विषयमा छलफलसमेत गरेका थिए।

Comments
Advertisement