Listen Live

Thu, Sep 21, 2017 03:42:57
भारत—अमेरिका वढ्दो सामिप्यता
Posted On: Mar 26, 2017

भारत—अमेरिका वढ्दो सामिप्यता

चैत १३ - अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रपको आगमनसंगै भारतले अमेरिकासंगको सम्वाद, सम्पर्क र कुराकानीलाई तिव्र वनाएको छ । ट्रम्पको कार्याकालमा अमेरिका र चीनको सम्वन्ध कसरी अगाडी वढ्छ भन्ने यकिन नभईरहेको सन्दर्भमा भारत र अमेरिकावीचको सामिप्यतालाई एसियाली मुलुकहरुले निकै चासोका साथ हेरिरहेका छन् ।

नयाँ राष्ट्रपतिको चयनसंगै भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले अमेरिकाको भ्रमण गरेर त्यहाँका उच्च अधिकारीहरुसंग भेट गरेका थिए । उनले तीन महिनाको बीचमा दुईपटक अमेरिकाको भ्रमण गर्नुलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।  यस अगाडी उनले डिसेम्वर महिनामा अमेरिकाको भ्रमण गरेका थिए । डोभलले यसै साता पुन अमेरिकाको भ्रमण गरेर त्यहाँ उच्च तहमा राजनीतिक एवं कुटनितिक भेटघाट गरेका छन् । उनले विशेषत दुई देश वीचको डिफेन्स र सेक्युरिटी विषयहरुमा अमेरिकी अधिकारीहरुसंग वार्ता गरेका छन् ।
 
यि दुई विषय भारत र अमेरिकी सम्वन्धको दुई महत्वपूर्ण आधारको रुपमा लिइन्छ । अमेरिकी उच्च अधिकारी र डोभल वीचको भेटघाट दक्षिण एसियामा वढ्दो आतंकवादलाई कसरी मिलेर रोक्ने भन्ने विषयमा केन्द्रित रहेको भारतीय तथा अमेरिकी संचार माध्यमहरुले उल्लेख गरेका छन् । धेरै विषयमा भारत र चीनवीच वढ्दो खाडल, एसियामा अमेरिकाको नयाँ नीति तथा भारत र चीन दुवैले ट्रम्पलाई आफ्नो पक्षमा पार्न पहल गरिरहेको सन्दर्भमा यि भेटघाटहरु भईरहेका छन् ।
 
अमेरिकी डिफेन्स सेक्रेटरी जेम्स मट्टिस र डोभलको भेटघाटपछि पेन्टागनका प्रवक्ता जेफ डेभिसले भनेका छन — ‘दक्षिण एसियामा स्थायित्वको प्रवर्धनका लागि भारतले खेलेको भुमिकाको मट्टिसले प्रशंसा गर्नु भएको छ । दुवै अधिकारी आगामी दिनमा डिफेन्स क्षेत्रमा सहकार्य अगाडी वढाउन सहमत भएका छन् ।’ 

दुवैले क्षेत्रीय सुरक्षाका विषयहरुमा सहकार्य गर्ने सहमति समेत गरेका छन् । यस वाहेक ट्रम्प प्रशासनले अफगानिस्तान, पाकिस्तान लगायतका मुलुकहरुको वारेमा भारतको धारणा वुझ्न चाहेको थियो । त्यसैगरी भारतले चाहि नयाँ प्रशासनले एसियाका वारेमा लिने नीतिको वारेमा जान्न चाहिरहेको छ ।

ट्रम्प राष्ट्रपति भएलगत्तै विशेषगरी अमेरिका र चीनको सम्वन्धमा केही चिसोपन आयो । विशेषत ट्रम्पले ताइवनसंग वढाएको सम्पर्क र एक चीन नीतिको विषयमा दिएको अभिव्यक्तिको चीनले कडा प्रतिवाद गर्यो । चीनले दुई देशको सम्वन्ध विग्रेमा अमेरिकाले नै वढी गुमाउनुपर्ने अभिव्यक्ति दिएको थियो । पछिल्लो समयमा भने दुवै देश सम्वन्ध सुधारको बाटोमा लागेका छन् । तर, अविश्वास घटिसकेको छैन् । यसैमेसोमा भारत भने आफ्नो अमेरिकासंगको सम्वन्धलाई अझ प्रगाढ रुपमा अगाडी वढाउन तल्लिन देखिन्छ ।  
 
तर, भारतमा भने ट्रम्पको कार्यकालमा दुई देशको सम्वन्ध झन सुधार हुने अपेक्षा रहेको छ । भारतिय विदेश सचिव एस जसशंकरले पटक—पटक सार्वजनिक कार्यक्रमहरुमा ट्रम्पले लिएका नितीहरुको वारेमा अहिले नै आलोचना गर्नुभन्दा त्यसको दीर्घकालिन असर दुई  देशको सम्वन्धमा के गर्छ भन्नेमा ध्यान दिनुपर्ने  वताईरहेका छन् । भारतले अमेरिकासंगको सम्वन्धमा अगाडीका राष्ट्रपति वाराक ओवामाको भन्दा पनि सौहाद्र्धपूर्ण ढंगले अगाडी जाने वताईरहेको छ । ट्रम्पका कतिपय निर्णयहरुको संसारमा नै विरोध भएपनि भारत भने हमेशा मौन रह्ने गरेको छ ।
 
निर्वाचनको अभियानको क्रममा नै ट्रम्पले भारतको वारेमा निकै सकारात्मक अभिव्यक्ति दिएका थिए । उनले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसासंगै मिलेर काम गर्न तयार रहेको वताएका थिए । ‘भारत हाम्रो प्रमुख रणनितिक साझेदार हो । यदि मैले जितेमा अमेरिका र भारत एकदमै राम्रो फ्रेन्ड हुने छन,’ ट्रम्पले चुनावी अभियानको क्रममा भनेका थिए । उनले अमेरिकामा रहेका हिन्दुहरुको भोट आकर्षण गर्नका उनले हिन्दु र भारतको समर्थन गरेका थिए ।
 
ट्रम्प प्रशासनले भारतको केही विषयहरुलाई सम्वोधन गर्ने पहल समेत थालेका छन् । भारतले न्यूक्लियर सप्लायसै ग्रुपको सदस्ययता प्राप्त गर्नका लागि पहल गरिरहेको छ । तर त्यसमा चीन वाधक वनेको भारतको वुझाई छ । अघिल्लो साता मात्र ट्रम्स प्रशासनले भारतलाई सो सदस्यता दिलाउन सहयोग गर्ने वताएको छ ।
 
अमेरिकी विदेशमन्त्रालयका प्रवक्ताले अघिल्लो हप्तामात्र भारतको पहललाई अमेरिकाले सहयोग र समर्थन गर्ने वताएका छन् । त्यसैगरी पाकिस्तानमाथि पनि ट्रम्प प्रशासनले दवाव सिर्जना गरोस भन्ने भारतको चाहना रहेको छ । पाकिस्तानलाई एक्लो पार्ने आफ्नो कुटनीतिक अभियानमा भारतले अमेरिकाको साथ खोजिररहेको छ । त्यसैगरी विशेषत आतंकवाद नियन्त्रणको मुद्धामा भारत र अमेरिकाले नजिकको सहकार्य गर्ने प्रारम्भिक संकेतहरु देखिएका छन् ।

 तर, पछिल्लो समयमा एचवान—वी भिसाको कारण भारत र अमेरिकाको वीचमा केही असमझदारी उत्पन्न भएको छ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिटै अमेरिकाको भ्रमण गर्ने भनिएपनि मिती भने तय भईसकेको छैन् ।   

उसो त चीन र अमेरिकावीचमा पनि उच्च स्तरको भेटघाट एवं वार्ता शुरु भएको छ । गत हप्तामात्र अमेरिकी स्टेट सेक्रेटरीले चीनको भ्रमण गरेर दुई देशको सम्वन्धलाई सुदृढ वनाउने विषयमा कुराकानी गरेका थिए । आगामी अप्रिल महिनाको पहिलो साता अमेरिकी र चिनियाँ राष्ट्रपतिको वीचमा पहिलो भेटघाट हुने कार्यक्रम रहेको छ । यतिवेला एसियाली एवं दक्षिण एसियामा भारत—अमेरिका तथा अमेरिका—चीनको भावी सम्वन्ध सबैको उत्सुकता वनेको छ ।

 

Comments
Up Next
शुभारम्भ र भजन किर्तन
Time: 05:00
Advertisement