Listen Live

Sat, Jul 22, 2017 12:23:04
मतपत्र देखाए, २ लाख जरिवाना तिनुपर्ने ।
Posted On: May 14, 2017

मतपत्र देखाए, २ लाख जरिवाना तिनुपर्ने ।

यदि तपाई स्थानीय तह निर्वाचनको मतदाता हो भने ख्याल गर्नुहोस् है मतदानस्थलमा बर्जित गरिएका गतिविधि गर्नुभयो भने तपाईलाई जरिवाना र कैद सजाय हुनसक्छ ।

मत दिएको मतपत्र मतपेटिकामा राख्नुअघि तपाईले कसैलाई मतपत्र देखाउनुभयो भने पनि तपाई फन्दामा पर्न सक्नुहुन्छ ।


यदि तपाईले मतदान गरेपछि कसैलाई मतपत्र देखाउनुभयो भने १५ हजार जरिवानामा पर्नुहुन्छ । यति मात्रै होइन तपाईको मत खेर पनि जान्छ ।

तपाईले मतदान स्थलमा ध्यान दिनुपर्ने कुराहरु धेरै छन् । यदि ख्याल गर्नुभएन या त जानिजाति गल्ति गर्नुभयो भने तपाईलाई तीन वर्षसम्म कैद सजायसमेत हुनसक्छ ।

मतदान स्थलमा के-के गर्नु हुँदैन ?

तपाईको मतपत्र सार्वजनिक नगर्नुस् । यसो गरे १५ हजार जरिवाना हुन्छ ।
मतपत्र बाहिर नलैजानुस्, २५ हजार जरिवाना हुन्छ ।
धेरै पटक मतदान नगर्नुस् २५ हजार जरिवाना हुन्छ ।
यदि कुनै मतदातालाई रोक्न खोज्दै हुनुहुन्छ भने पनि २५ हजार जरिवानामा पर्नुहुन्छ ।
होहल्ला, भिडभाड नगर्नुस् ५० हजार जरिवाना हुन्छ
चुनावी सामग्री खोस्नुभयो भने १ लाख जरिवाना र १ वर्ष कैद हुन्छ ।
चुनावका सामग्री लुटे वा कब्जा गरे १ लाख जरिवाना र २ वर्ष कैद हुन्छ ।
बिष्फोटक पदार्थ वा हतियार बोके २ लाख वा ३ वर्ष जेल सजाय हुन्छ ।

Comments
Up Next
शुभारम्भ ,भजन किर्तन
Time: 05:00
Advertisement