Listen Live

Sat, Jul 22, 2017 12:19:10
महाकालीमा तीन किशोर बेपत्ता
Posted On: May 14, 2017

महाकालीमा तीन किशोर बेपत्ता

वैशाख ३१,भीमदत्तनगर । महाकाली नदीमा बगेर शनिवार तीन किशोर बेपत्ता भएका छन् ।

महाकाली नदीमा नुहाउने क्रममा कञ्चनपुरको भीमदत्तनगरपालिका–१४ बनकट्टीका १६ वर्षीय कपिल खाती, १६ वर्षीय दिपेश कुँवर र बनकट्टीकै १५ वर्षीय राहुल उपाध्याय बगेर बेपत्ता भएका इलाका प्रहरी कार्यालय, दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक बिरादत्त पन्तले जानकारी दिए ।

तीनैजना दोधारा चाँदनी झोलुङ्गे पुलभन्दा करिब पाँच सय मिटर दक्षिणतर्फबाट नदीमा बगेर बेपत्ता भएका थिए । उनीहरुको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी जुटेका छन् ।

Comments
Up Next
शुभारम्भ ,भजन किर्तन
Time: 05:00
Advertisement