Listen Live

Sat, Jul 22, 2017 12:32:37
उम्मेदवार छान्न निर्वाचित सांसद तथा केन्द्रीय सदस्य जिल्लामा
Posted On: Apr 20, 2017

बैशाख ७ बझाङ स्थानीय तहको चुनाब आउन अब २४ दिन मात्रै बाँकी रहदा उम्मेदवार छनोटको प्रक्रियामा सहभागि हुन सबै दलका निर्वाचित सांसद तथा केन्द्रीय नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित भएका छन् । झण्डै २० बर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा आकाक्षीं उम्मेदवारहरु  धेरै भएपछि मिलाउनका लागि पार्टीले केन्द्रीय नेताहरुलाई नै आ–आफ्नो क्षेत्र पठाएको हो । काग्रेस नेता आनन्द ढुङगानाका अनुसार सकेसम्म वडामा र गाँउस्तरमा नै उम्मेदवारमा सहमति गर्ने कोसिश काग्रेसले गरेको छ । सहमति नभए निर्वाचित सांसद, जिल्ला सभापति तथा केन्द्रीय सदस्यको रोहबरमा उम्मेदवार छनोट प्रक्रियाबाट हुने उहाँको भनाई छ । उम्मेदवार छान्दा विकासको गति बुझेको र योग्य उम्मेदवार छान्नु पर्ने भएकाले संम्बन्धित क्षेत्रका सांसदलाई जिल्ला पठाएको नेता ढुङगानाले बताउनुभयो । यस्तै नेकपा एमालेले पनि आफ्नो जननिर्वाचित सदस्यलाई आफ्नो निर्वाचन क्षेत्रमा जान आग्रह गरेको छ । एमाले नेता आनन्द पोखरेलका अनुसार, यतिबेला धेरै नेता तथा सांसदहरु जिल्लामा छन् । आफ्नै क्षेत्रको नेताको पहलमा उम्मेदवार छनोट गर्ने प्रक्रिया शुरु भएको नेता पोखरेलले जानकारी दिनुभयो । माओवादी केन्द्रको तर्फबाट उम्मेदवारी दिने अधिकाशंको नाम तय भैसकेको छ । निर्वाचित सांसदहरु तथा केन्द्रीय सदस्यबाट यो प्रक्रिया मिलाएको माओवादी केन्द्रका नेता टेकबहादुर बस्नेतले जानकारी दिनुभयो । अरु दलका पनि धेरै नेताहरु अहिले आ आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रितत भएका छन् । 

Comments
Up Next
शुभारम्भ ,भजन किर्तन
Time: 05:00
Advertisement