Listen Live

Sat, Jul 22, 2017 12:26:38
होटल व्यवसाय गर्दै जनयुद्धका लडाकु क.समुन्द्र ।
Posted On: Apr 20, 2017

होटल व्यवसाय गर्दै जनयुद्धका लडाकु क.समुन्द्र ।

मकरराज धामी÷ बैशाख ७ बझाङ 
विहान सबेरै उठेर होटल सरसफाई गर्नु उनको दैनिकि बनेको छ दहबगर ६ खानीबगरका शंकर धामी समुन्द्रको । २०५९ सालमा तत्कालिन अवस्थामा विद्रोह गरिरहेको माओवादीमा भुमिगत हुनु भएका धामी हाल होटल व्यवसाय गरेर बसेका छन् । निजि क्षेत्रकै लगानीमा बन्न लागेको देशकै सबै भन्दा ठुलो जलविद्युत आयोजना कालंगा जलविद्युत आयोजनाको निमार्ण कार्य सुरु भए संगै उहाँले होटल व्यवसाय गर्नु भएको हो । उहाँ संग जनयुद्धको समयमा धेरै ठाँउहरुमा युद्ध लडेको अनुभव छ । पाल्पाको तानसेन, रुकुमको खारा,कैलालीको कारागार र बडैपुर बनखेत वुटवल,रोल्पा, लगायतका दर्जनौ ठाँउहरुमा उहाँले युद्ध लडनु भएको छ । उमेरले के राम्रो के नराम्रो छुटयाउनै नसक्ने उमेरमा भुमिगत भएका समुन्द्र भन्नु हुन्छ “माओवादी आउथे बुर्जुवा शिक्षा हो यो पढन हुदैन, युद्ध गरेर सामान्ती सरकारलाई ढलाई जनवादी सरकार ल्याउनु पर्छ भन्थे हो जस्तो लाग्यो” भुमिगत भईयो । सोझा जनताका छोराछोरीलाई युद्ध लडाई नेताहरुले आप्mनो स्वार्थ पुरा गरेको गुनासो उहाँको छ । घरायसी तथा विविध कारणले युद्ध विराम संगै घर फर्के पछि आफुलाई कसैले सहयोग नगरेको उनको भनाई छ  । घर फर्के पछि जेनतेन गरेर अलि अलि पैसा कमाए र भेडाबाख्रा किनेर बाख्रापालन तर्फ लागे । भेडाबाख्रा बाट राम्रो आम्दानी हुन थाले पछि उनी व्यवसायिकरुपले बाख्रा पालनमा लागे समुन्द्र । तर जब देखि दबहगरमा कालंगा हाईड्रोपावरको निमार्ण कार्य सुरु भयो । उनी अहिले घर नजिकै होटेल खोलेर बस्नु भएको छ । होटल व्यवसाय बाट मासिक २० देखि ३० हजार सम्म हुने गरेको उहाँ बताउन् । आजकाल उनी हाईड्रपावरका कामदार तथा अन्य व्यक्तिहरुका लागी खाना तथा नास्ता बनाउनमै व्यस्त हुन्छन । देश परिर्वतन गर्छु भनेर युद्ध लडियो तर नत आफ्नो प्रगति भयो नत देशमा परिर्वतन गर्न सकियो उहाँ भन्नु हुन्छ  । पढने बेलामा युद्ध गर्न हिडियो अहिले राम्रो जागीरका लागी योग्यतानै छैन जे भए पनि होटेल व्यवसाय बाटनै आफ्नो गुजरा चलाउनु पर्छ उहाँले बताउनु भयो । 

Comments
Up Next
शुभारम्भ ,भजन किर्तन
Time: 05:00
Advertisement