Listen Live

Sat, Jul 22, 2017 12:30:53
दहबगर गिरौँका युवाहरु आलु खेती तर्फ आकर्षित
Posted On: Apr 19, 2017

मकरराज धामी बैशाख ६ बझाङ
बझाङको बुङगल नगरपालिका वडा नं २ दहबगर गिरौँका युवाहरु आलु खेती तर्फ आकर्षित हुन थालेका छन् । आलु खेती बाट राम्रो आम्दानी हुने देखिए पछि युवाहरु आकर्षित भएका हुन । केहि बर्ष अघि सप्रोस नेपालले गाउघरमा किसानहरुको साना साना समुह बनाई घुम्तीकोष संचालन गरि आलु खेतीको सुरुवात गरेको थियो । अरुले आलु खेती गरेको देखेर आम्दानीको राम्रो सम्भावना भएका कारण आलु खेतीमा लागेको स्थानिय युवाहरुको भनाई छ । अहिले युवाहरुमिलेर गिरौँको १५ रोपनी जमिनमा आलु खेती गरेका छन् । आफ्ना साथिहरु विदेश जादै गरेको देख्दा आफुलाई पनि विदेश जान रहर पलाएको तर आलु खेती बाटै मात्र बार्षिक डेढ लाख देखि दुई लाख सम्म कमाई हुने गरे पछि त्यो रहर हटेको दहबगर गिरौँका कलक धामीको भनाई रहेको छ । कात्र्तिक  र मंसिरमा आलु लगाएर चैत बैशाखमा आलु विक्रिका लागी तयार हुने गर्दछ । अहिले आलु खेतमै २५ रुपयाँ प्रति किलोमा विक्रि हुने गरेको छ । पहिले बजार अभावका कारण विक्रि वितरणमा समस्या थियो भने आलुमा रोग तथा किरा ले समेत दुख दिने गरेको र खपतका लागी बजार नजिक नहुदा किसानहरुले रोग को उपचार नगर्ने गरेका थिय । तर कालंगा हाईड्रो पावर बन्ने भए पछि कामदारहरुको संख्या बढे संगै गाउमै आलुको माग पनि बढेको अर्का युवा अमर धामीले जानकारी दिनु भयो । गहुँ लगाए बढिमा तीन महिना पुग्ने गरि उत्पादन हुन्थ्यो भने आलु खेतीले तीन महिनामै राम्रो आम्दानी भएको देख्दा किसानहरु उत्साहित भएका छन् । आलु बेचेको पैसाले छोरा छोरीको पढाई खर्चका साथै आफ्नो घरायसी खर्च समेत चलाउन सजिलो भएको छ । खर्च गरेर बाँकी रहेको पैसा सहकारीमा जम्मा गर्ने थालेका छन् । भनेको समयमा निकाल्न सजिलो भएका कारण जम्मा गर्ने गरेका छन । जम्मा गर्न आउदा आम्दानीको श्रोत केहो भनि सोध्दा आलु विक्रि बाट भन्ने जवाफ आउने गरेको र घरमा हुँदा पैसा खर्चृ हुने गरेको कारण सहकारीमा जम्मा  गर्ने गरेको दहबगर कृषि सहकारी संस्थाका अध्यक्ष प्रेम धामीको बताउनु भयो । 

Comments
Up Next
शुभारम्भ ,भजन किर्तन
Time: 05:00
Advertisement