Listen Live

Mon, Jul 24, 2017 04:29:34
मानिस र मुसाको १५ हजार वर्ष पुरानो सहयात्रा
Posted On: Apr 02, 2017

मानिस र मुसाको १५ हजार वर्ष पुरानो सहयात्रा

चैत २०,काठमाडौँ - मुसा १५ हजार वर्षअघिदेखि मानिससँग वा उसको आसपासमा बस्दै आएको प्रमाण फेला परेको छ।  
नयाँ फेला परेको जीवाश्मको अध्ययनबाट मुसा १५ हजार वर्षअघिदेखि मानिसको आसपासमा बस्दै आएको प्रमाण भेटिएको अनुसन्धानकर्ताले बताएका छन् । यो यसअघि सोचिए भन्दा अघि रहेको वैज्ञानिकको भनाई छ । 
नयाँ प्रमाणले कृषि प्रणालीको सुरुवातको विषयमा हुने अध्ययनलाई सहयोग पुग्ने अनुसन्धानकर्ताले बताएका छन् । पूर्वी भूमध्यसागरमा पर्ने लेभान्टेबाट जंगली मुसा मानिसको बस्तीमा बस्न सुरु गरेको वैज्ञानिकले अनुमान गरेका छन् । मानिसले जंगली खाद्यन्न तथा त्यसका बिउ संकलन गर्न थालेपछि जंगलमा बस्दै आएका मुसा मानिसको बस्तीमा आएको अनुसन्धानमा संलग्न पेरिसको म्युजियम नेशनल डी’हिस्ट्री नेचुरलका वैज्ञानिक डा. थोमस कुच्चीले बताउनुभयो ।
बिरालो तथा कुकुर घरपालुवा हुनु भन्दा पहिले नै मुसा मानव बस्तीमा मानिससँगै बस्न थालेको वैज्ञानिकले बताएका छन् । यससम्बन्धी अनुसन्धान प्रतिवेदन पिएनएएस जर्नलमा प्रकाशित भएको छ । 

Comments
Up Next
भजन किर्तन गित ( bhajan kritan git)
Time: 05:00
Advertisement