Listen Live

Sat, Jul 22, 2017 12:22:33
हङकङ माथि नेपाल ७ विकेटले विजयी ।।
Posted On: Mar 30, 2017

बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपाल बिजयी भएको छ । शेख कमल अन्तराष्ट्रिय रंगशालामा आज भएको खेलमा नेपालले हङकङलाई ७ विकेटले हराएको हो । हङकङले दिएको २ सय १५ रनको विजयी लक्ष्य नेपालले ४४.२ ओभरमा ३ विकेट गुमाएर पूरा ग¥योे । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ७०, दिपेन्द्रसिंह ऐरीले अविजित ६० र शरद भेषवाकरले अविजित ५५ रनको योगदान गर्नुभयो । यसअघि, खेलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २ सय १४ रन बनाएको थियो । बलिङतर्फ नेपालका अभिनास कर्णले ३, कप्तान ज्ञानेन्द्र मल्लसँगै सन्दीप लामिछाने र सुशन भारीले २–२ विकेट लिनुभयो । यसअघिका दुवै खेल हारेको नेपालले हङकङ माथि सान्त्वना जित हात पारेको छ । 

Comments
Up Next
शुभारम्भ ,भजन किर्तन
Time: 05:00
Advertisement