Listen Live

Sat, Jul 22, 2017 12:24:26
बझाङ सदरमुकाम चैनपुर सधै हिलाम्मे
Posted On: Mar 30, 2017

बझाङ सदरमुकाम चैनपुर सधै हिलाम्मे


 बझाङ सदरमुकाम चैनपुरमा ढल निकासको उपयुक्त व्यवस्था हुन नसक्दा सधै जसो हिलाम्मे हुने गरेको छ । सिचाई कुलो र घरघरबाट निस्कने ढल सडकमा आउदा मानिसहरुलाई हिडडुल गर्न सास्ती हुने गरेको छ । 
‘सदरमुकाम हो भन्दा पनि लाज लाग्ने अवस्था भैसक्यो’ दौलीचौर गाविसका पे्रम बहादुर बोहराले भने ‘कुनै कुनै दिन जति पल्ट वजार गयो त्यती पल्ट लुगा फेर्नु पर्ने हुन्छ । जताततै हिलै हिलो छ’ सदरमुकामको लोकतान्त्रिक चोक, प्रशाशन चोक, सुर्मादेवी मन्दीर, चौगांउ टोल लगायतका ठांउमा ढल र सिचाईको उपयुक्त निकास नहुदा यस्तो अवस्था सिर्जना भएको हो । 

बजारमा बस्नेहरुले सदरमुकाम चैनपुरमा भएर बग्ने नालीमा जथाभावि प्लाष्टिक, सिसा, लगायत फोहोर फाल्ने र नालीमा सोही फोहोर अड्केर सडकमा हिलो बग्ने गरेको हो ।  खानेपानीका पाइपलाइन पनि ढल बग्ने ठांउमा खुला छोडिएका कारण पानीमा पनि प्रदुशण मिसिन सक्ने खतरा बढेको छ । सडकमा ढल बग्दा  दिन प्रतिदिन सदरमुकाम दुगन्धित बन्दै जान  थालेको छ ।  

सडकमा ढल बग्दा बग्दा  विच बजारमा पनि हिड्न समस्या हुने गरेको छ । विच सडक भएर बग्ने नालीको फोहोर पानीले कपडा पनी भिज्छन् । ‘जुत्ता लगाएका मान्छेलाई त झन हैरान नै हुन्छ । ससाना बालबालीका वृद्ध वृद्धाहरुलाई  हिडडुल गर्न समस्या झन समस्या छ । ’ कैलासका आसिस सिंहले भने ‘नगरपालीका भै सक्दा पनि यहां आनन्दले हिड्न सक्ने अवस्था भएन’

नाला अड्कीएर सडकमा पानी ढल बग्न थाले पछि सडक क्षेउमा रहेका होटल र पसलहरुलाई पनि समस्या हुने गरेको छ । भुमीराज फलफुल तथा तरकारी पसलका हरीसिह भाटले भने ‘ सडक नजिकै पसल छ ।  गाडीहरु गुड्दा सडकको ढल उछिट्टीएर पानी तरकारी र फलफुलमा पर्छ ।’ गाडीले सडकको फोहोर पानी उछिट्याउदा सडक छेउ रहेका होटलमा राखिएका खानेकुरामा पनि फोहोर पर्ने गरेको बताउतै एक जना होटल संचालकले भने ‘सडक ढल बगेको दिन खानेकुरा बचाउन हम्मे हुन्छ । फोहोर देखे पछि ग्राहक पनि खान आउदैनन’
नगरक्षेत्रमा रहेको निकासी नालाहरु अड्किए पछि पसल भरी पानी आउने र सामान बचाउन पनि मुश्किल हुने गरेको अर्का व्यापारी विरेन्द्र सिंहले बताए । स्थानियबासी र व्यापारीहरुले नालामा अड्केको फोहोर दैनिक सफा गर्नु पर्ने अवस्था आएको उनको भनाई छ । ‘व्यापार छोडेर नाला खोल्न जानु पर्छ एकै छिन ढिला भयो भने पसल भरी ढल नै ढल हुन्छ । ’
सिचाई र ढल निकासको लागी नाला बनाउदा ठेकेदारहरुले तोकिएको मापदण्ड पुरा नगरेका कारण फोहोर अड्किने गरेको स्थानियहरु बताउछन । अड्किएको फोहोर निकाल्न नसके पछि धेरै ठांउमा ढलबग्ने नाली छोप्न प्रयोग गरीएको ढक्कनहरु फुटाइएका छन । धेरै ठांउमा खुल्ला रुपमा ढल बग्दा दुर्गन्ध फैलिन थालेको छ । केही ठांउमा दुइ वर्ष अघि मात्र निमार्ण भएको निकास कामै नलाग्ने भएको छ । 
यता जयपृथ्वी नगरपालीकाका कार्यकारी अधिकृत प्रज्वल घिमीरेले नगरपालिकाको सानो तिनो लगानीले ढल निकासको व्यवस्था गर्न नकिने भएकोले कुनै ठुलो परियोजनाको लागी शहरी विकास मन्त्रालय संग पहल गरिरहेको बताए । ‘फोहोर व्यवस्थापन सम्बन्धी जनचेतनामुलक कार्यक्रम पनि आवश्यक छ ।’ उनले भने ‘ढलको पनि उचित निकास गर्ने र फोहोर व्यवस्थापनको लागी अभियान नै संचालन गर्ने तयारीमा नगरपालीका रहेको छ । यसको लागी विभिन्न निकाय संग समन्वय भैरहेको छ’
 

Comments
Up Next
शुभारम्भ ,भजन किर्तन
Time: 05:00
Advertisement