Listen Live

Mon, Jul 24, 2017 04:30:18
असिनाले किसानको मकै बाली नष्ट
Posted On: Mar 27, 2017

असिनाले किसानको मकै बाली नष्ट

जनार्जन खत्री
 चैत १४ ,सर्लाही  - हिजो मध्यराती परेको असिनाले सर्लाही हजरियाका किसानले लगाएको मकै सखाप पारेको छ । मुखमै आईसकेको बाली असिनापानीले नष्टगरेपछि स्थानीय किसान यतिबेला निराश छन् ।  हजरियाका किसानले वर्षौ देखि व्यावसायिक रुपमा मकैं खेती गरेर राम्रो आम्दानी गर्दै आएका छन् । तर यस वर्ष अकल्पनिय दैवी प्रकोपले मकैं नष्ट भएपछि किसानहरु कसरी गुजारा चलाउने भन्ने चिन्तामा छन् ।  असिनाले मकैंको डाठ मात्रै बाँकी छ । प्रति कठ्ठा ५ हजार रुपैँया सम्म खर्च गरेर मकैं रोपेका किसानले कृषि कार्यालयलाई राहतका लागि पहल गरिदिन अनुरोध गरेका छन् । कार्यालयका प्राविधिक सहायक रामबिनोद साह प्रभावित क्षेत्रबाट विवरण संकलन गरेर राहतका लागि माथिल्लो निकायमा पहल गरिने बताउनुहुन्छ ।  

Comments
Up Next
भजन किर्तन गित ( bhajan kritan git)
Time: 05:00
Advertisement