Listen Live

Mon, Jul 24, 2017 04:30:08
जलेको अवस्थामा युवकको लास फेला
Posted On: Mar 27, 2017

जलेको अवस्थामा युवकको लास फेला

चैत १२ ,विरगञ्ज - पर्साको बहोदरामाई गाउँपालिका साविकको बिश्रामपुर गाविस कार्यालय नजिक एक युवकको लास जलेको अवस्थामा फेला परेको छ । लास आगोले जलाएर अनुहार चिन्न नसक्ने गरि गहुँबारीमा फालिएको अवस्थामा  फेला परेको हो । 
  बिश्रामपुरमा रहेको श्री भंगी साह उच्च माविको नजिकै पूर्व गाविस भवनको पश्चिम पट्टी गहँुबारीमा फेला परेको लास बिश्रामपुरकै २६ वर्षका अनुद साल कलवारको रहेको स्थानीय इब्राहिम देवानले बताउनुभएको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ । लास पोष्टमार्टमका लागि वीरगञ्ज ल्याउने तयारी भइरहेको देवानले बताउनु भयो । 
साह चैत ८ गते बजार जान्छु भनेर हिँडेपछि घर नफर्केको परिवारजनले बताएका छन् । हिजो आइतबार मात्रै साहका दाजुले जिल्ला प्रहरी कार्यालय पर्सामा भाइ बेपत्ता भएको बिषयमा जाहेरी दर्ता गराएका थिए । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Comments
Up Next
भजन किर्तन गित ( bhajan kritan git)
Time: 05:00
Advertisement