Listen Live

Sat, Jul 22, 2017 12:28:24
एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल र पाकिस्तान वीचको खेल जारी, पाकिस्तानलाई १सय ८१ रनको चुनौति
Posted On: Mar 27, 2017

एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल र पाकिस्तान वीचको खेल जारी, पाकिस्तानलाई १सय ८१ रनको चुनौति

चैत १४,काठमाण्डौं– एसिसी इमर्जिङ नेसनल कप क्रिकेट प्रतियोगिताअन्र्तगत नेपाल र पाकिस्तानबीचको खेल जारी छ । बंलादेशको शेखकमल रंगशालामा भइरहेको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले पचास ओभरको समाप्तीमा एक सय असी रन बनाउन सफल भएको छ । खेल जित्नका लागि पाकिस्तानले एक सय ८१ रन बनाउनु पर्ने भएको छ । नेपालका लागि सुनिल धमलाले १२५ बलमा ४३, शरद भेषवाकरले ५९ बलमा ३८ बनाए । यसैगरी विनोद भण्डारीले २४ तथा आरिफ शेखले नटआउट १८ रन बनाएका छन् । यस्तै दिपेन्द्र सिंह ऐरीले१४ रनको योगदान दिएका छन् । पाकिस्तानका गुलाम मुदास्सारले पाँच, ओसामा मिरले दुई तथा बिलाल आसिफ र जाफर गोहरले एक एक विकेट लिएका थिए । 

Comments
Up Next
शुभारम्भ ,भजन किर्तन
Time: 05:00
Advertisement