Listen Live

Sat, Jul 22, 2017 12:12:55
रक्सौल–अमलेख पाइृपलाईन निर्माण प्रक्रिया नेपाली पक्षकै लापरबाहीले रोकियो
Posted On: Mar 27, 2017

रक्सौल–अमलेख पाइृपलाईन निर्माण प्रक्रिया नेपाली पक्षकै लापरबाहीले रोकियो

चैत १४ ,काठमाण्डौं — रक्सौल–अमलेखगञ्ज पाईपलाईन निर्माण प्रक्रिया नेपाली पक्षको तयारी अभाव र लापरबाहीले अघि बढाउन ढिलाई भएको छ । आयल निगमले मिलाउने कागजी प्रक्रियादेखि सम्बन्धित निकायसम्म जिम्मेवारीपन र गम्भिरता पाईदैंन ।
भारत तर्फले मागेको आवश्यक कागजात जुटाएर दिन नै नेपाल आयल कर्पोरेशनलाई हम्मे –हम्मे परेको देखिन्छ । राष्ट्रिय प्राथमिकताका आयोजनाको सुचीमा रहेको आयोजनामा यसका प्रक्रियाहरु छिट्टै टुंग्याइदिन सम्बन्धित निकायले पनि जिम्मेवारीपनको भुमिका नखेल्दा प्रक्रिया लम्बिदै गएको हो ।
उक्त आयोजनामा पाइपलाइन निर्माणका लागि वातारणीय प्रभाव मूल्याङ्कन (इआईए)को लागि अहिलेसम्म वनले स्वीकृति दिएको छैन । त्यस्तै आयल निगमले पनि सडकसँग जग्गा प्रयोजनको अनुमतिका लागि सबै प्रक्रिया टुंग्याउन ढिलाइ गरिरहेको छ ।
भारतीय आयल कार्पोरेशन (आईओसी)ले आफ्नो तर्फबाट हुने सवैकाम सकिएको जानकारी गराउँदै नेपाली पक्षलाई चैतको अन्तिममा सबै डकुमेन्ट १५ दिनभित्र टेण्डर गर्ने बताई सकेको छ ।
तर, नेपाली अधिकारीहरु भने यो प्रक्रियालाई कछुवाको गतिमा अघि बढाइरहेका छन् । त्यसैका कारण आईओसीे पाइप आपूर्तिको टेण्डर गरेको छैन, यसैकाकारण यो आयोजना सुरु गर्नै अझै समय लाग्ने देखिएको छ ।
निगमका पाइपलाइन परियोजना प्रमुख अभिषेष ठाकुर नेपाली पक्षको तयारी कमजोर हुँदा पाइपलाइन निर्माणको काम अघि बढाउन नसकिएको स्विकार गर्छन् ।

Comments
Up Next
शुभारम्भ ,भजन किर्तन
Time: 05:00
Advertisement