Listen Live

Sat, Jul 22, 2017 12:25:40
प्रितमको ‘यात्री हुँ म’ को भिडियो सार्वजनिक (भिडियो सहित)
Posted On: Mar 25, 2017

प्रितमको ‘यात्री हुँ म’ को भिडियो सार्वजनिक (भिडियो सहित)

चैत १२ , काठमाडौं–  लामो समयको प्रतिक्षा पछि गायक प्रितम लामाले आफ्नो नवौं गीतको भिडियो सार्वजनिक गरेका छन् ।

नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय सामाजिक र यथार्थपरक गीतहरु सिर्जना हुन छाडेको चर्चा चलिरहेको समयमा गायक लामाले  ‘यात्री हुँ म’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

डिपी खनालको शब्द रहेको गीतलाई शंकर थापाले संगीत दिएका छन् । गीतमा युवाहरुलाई साहस र धैर्य राख्न प्रेरित गरिएको छ । आफूलाई युवा महसुश गर्ने र सक्रीय जीवन जिउने व्यक्तिले सँधै राम्रा मौकाहरु पाउने सन्देश भिडियोमा देखाउन खोजिएको छ ।

जस्ले युवावस्थाको सौन्दर्यता कायम राख्न सक्छ, उ सधैं युवा हुने सन्देश भिडियोले बोकेको छ । भिडियो सेयरिङ साइट युट्युब मार्फत सार्वजनिक गरिएको भिडियोमा ऋतु लामा देखा परेका छन् ।

 

Comments
Up Next
शुभारम्भ ,भजन किर्तन
Time: 05:00
Advertisement