Listen Live

Mon, Jul 24, 2017 04:30:05
ठूलो छाडेर सानो ‘माछा’तिर केकी
Posted On: Mar 24, 2017

ठूलो छाडेर सानो ‘माछा’तिर केकी

चैत ११ ,काठमाण्डौं -नेपाली चलचित्रबजारमा नायिकाहरुको आगमन हुने र पलायन हुने क्रम बढ्दो छ । नायकहरु लामो समय टिकेपनि नायिकाहरु भने यस क्षेत्रमा लामो समय टिकेको पाइदैन । केही समयअघि सम्म नेपाली सिने क्षेत्रमा चर्चित नायिका पछिल्ला दिनहरुमा भने सिनेमाको पर्दामा भन्दा पनि म्युजिक भिडियोमा बढी देखिन लागेकी छिन् । उनी चलचित्रमा  ब्यस्त नभएपछि धमाधम म्युजिक भिडियोतिर लागेकी हुन् । उनका एकपछि अर्को गर्दै नयाँ भिडियोहरु धमाधम आउन थालेका छन् । उनलाई चलचित्रको पर्दामा झैं म्यूजिक भिडयोमा मन पराउनेहरुको जमात पनि बढ्दो छ । त्यसैकारण केकीलाई अहिले ‘म्यूजिक भिडियो क्विन’ को समेत उपनामले  परिचित गराइदैछ ।

keki2

यसै क्रममा उनको पछिल्लो म्यूजिक भिडियो रहेको छ गायक अनिश पाण्डेको ‘मनसँग मन’ बोलको गीत । जसमा केकीले दमदार अभिनय प्रस्तुत गरेकी छिन् ।यस गीतमा अभिनयमा केकीलाई नरेनले साथ दिएका छन् । लामो समयदेखि बेलायतमा बस्दै आएका गायक पाण्डेको ‘मनसँग मन’ बोलको गीतको भिडियोमा अहिलेसम्म नगरेको रोलमा समेत अभिनय गर्न भ्याएकी छिन् । भिडियोमा केकी पहिलो पटक बृद्धाको भुमिकामा देखिएकी छिन् ।

काठमाडौँको पाशुपत क्षेत्र, बेलायतका केही रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा केकी बृद्धाको रोलमा पनि देखिएकी छिन् । अर्जुन पोख्रेलको शब्द तथा संगीतमा तयार भएको गीतको भिडियोलाई निर्देशक समन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा केकीको अध्यामिक, सामाजिक अवतार समेत देख्न पाइन्छ ।

दिपेन्द्र थपलिया र कुशल श्रेष्ठको छायांकनमा तयार भएको गीतको भिडियोलाई निशान घिमिरले सम्पादन गरेका हुन् । हरि ढकाल कन्सेप्ट निर्देशक रहेको गीतको बजार ब्यबस्थापन बुढा सुब्बा म्यूजिकले गरेको छ ।केकीले बितेका पल,श्री ५ अम्वरे,हाउ फन्नी,माई प्रोमीश ,आइ एम सरी लगायतका थुप्रै नेपाली सिनेमाहरुमा अभिनय गरीसकेकी छिन् ।

 

Comments
Up Next
भजन किर्तन गित ( bhajan kritan git)
Time: 05:00
Advertisement