Listen Live

Sat, Jul 22, 2017 12:28:52
‘पशुपतिप्रसाद’का नायक खगेन्द्र अब ‘धनपति’ मा आउदैँ
Posted On: Mar 21, 2017

‘पशुपतिप्रसाद’का नायक खगेन्द्र अब ‘धनपति’ मा आउदैँ

चैत ८, काठमाडौं – ‘पशुपतिप्रसाद’का नायक खगेन्द्र लामिछानेको अर्को चलचित्र ‘धनपति’को सम्पादन कार्य सकिएको छ । निर्देशक दिपेन्द्र के खनालले सामाजिक संजाल मार्फत चलचित्रको सम्पादन सकिएको जानकारी दिएका छन् ।
चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त लगायतका कलाकारको अभिनय समेटिएको छ । चलचित्रको कथा पनि लामिछानेकै हो । चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् ।

अर्को वर्षको असार २३ गते प्रदर्शनमा आउन लागेको यो चलचित्रमा सपना र अंहकारले मान्छेलाई कस्तो अवस्थामा पुर्याँउछ भन्ने देखाउन खोजिएको निर्देशक खनालले बताए । चलचित्रले पशुपति प्रसादको रेकर्ड ब्रेक गर्ने दिपेन्द्रले अनुमान लगाए ।

Comments
Up Next
शुभारम्भ ,भजन किर्तन
Time: 05:00
Advertisement